PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

कांग्रेसले टुंगो लगायो केन्द्रीय कार्यसम्पादन समिति, २९ जनामा कोको?



पहिलोपोस्ट

कांग्रेसले टुंगो लगायो केन्द्रीय कार्यसम्पादन समिति, २९ जनामा कोको?

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको टुंगो लगाएको छ। आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो।

समितिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षको पकड भएको छ। केन्द्रीय कार्यसमिति र संसदीय दलमा सुविधाजनक बहुमतमा रहेका सभापति देउवाको पकड केन्द्रीय कार्यसम्पादनमा पनि देखिएको हो।

पार्टी सञ्चालनमा ‘पावरफुल’ मानिने कार्यसम्पादन समितिमा सभापति देउवा बाहेक १५ केन्द्रीय सदस्य परेका छन्। निर्वाचित केन्द्रीय सदस्यको रोलक्रम रामचन्द्र पौडेल, महामन्त्री कोइराला र कोषाध्यक्ष यादवबाहेक पौडेल समूहका ९ केन्द्रीय सदस्य परेका छन्।

महाधिवेशनमा छुट्टै प्यानल बनाएर मैदान उत्रिएका कृष्ण सिटौला समूहबाट एक्ला छन्।

कार्यसम्पादन समितिमा देउवासहित उनी पक्षका १६ र पौडेल पक्षका उनीसहित १२ सदस्य पुगेका छन्। नेता कृष्णप्रसाद सिटौला समूहबाट उनी एक्ला छन्।


समितिमा कोको परे?

  • देउवा समूह

शेरबहादुर देउवा
गोपालमान श्रेष्ठ
विमलेन्द्र निधि
कुलबहादुर गुरुङ
खुमबहादुर खड्का
चित्रलेखा यादव
पूर्णबहादुर खड्का
अर्जुन नरसिंह केसी
प्रदीप गिरी
बालकृष्ण खाँड
ज्ञानेन्द्रबहादुर कार्की
रमेश रिजाल
डा. प्रकाशशरण महत
फरमुल्लाह मन्सुर
मानबहादुर विश्वकर्मा
एनपी साउद

(अर्जुननरसिंह केसी, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा महाधिवेशनको अन्तिम समयमा देउवा समूहमा प्रवेश गरेका हुन्।)

  • पौडेल समूह

रामचन्द्र पौडेल
शशांक कोइराला
सीतादेवी यादव
प्रकाशमान सिंह
डा. रामशरण महत
बलबहादुर केसी
महेश आचार्य
नरहरि आचार्य
डा. नारायण खड्का
डा. मिनेन्द्र रिजाल
सुजाता कोइराला
दिलेन्द्र बडु

  • सिटौला समूह

कृष्णप्रसाद सिटौला



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell