PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

करेन्ट लागेर एकको मृत्यु



पहिलोपोस्ट

कैलाली : करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्नपुर–९ बस्ने २५ वर्षीय रामबहादुर चौधरी रहेका छन्।

धनगढी उपमहानगरपालिका–४ बस्ने दिपेन्द्र तिवारीको घरमा काम गरी रहेको अवस्थामा शनिबार करेन्ट लागेका उनको सेती अञ्चल अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell