PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

राजधानीको सञ्चयकोष गल्लीमा फेला पर्‍यो १९ राउन्ड गोली



पहिलोपोस्ट

राजधानीको सञ्चयकोष गल्लीमा फेला पर्‍यो १९ राउन्ड गोली
प्रतीकात्मक फोटो

काठमाडौं : अमृत साइन्स कलेज (अस्कल) क्याम्पसबाट सञ्चयकोष छिर्ने गल्लीमा १९ राउन्ड गोली फेला परेको छ।

गल्लीमा रहेको फोहरको थुप्रोमा सडक बालबालिकाले खेलाइरहेको अवस्थामा प्रहरीले ती गोली बरामद गरको हो। प्लास्टिकको पोकाभित्र ६.५ एमएमको १९ राउन्ड गोली बालबालिकाले खेलाउँदै गरेको देखेपछि फोहर उठाउने सवारी चालकले प्रहरीलाई खबर गरेका थिए।

गोली कसरी फोहरको थुप्रोमा फ्याँकियो भन्नेबारे महानरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले पहिलोपोस्टलाई जानकारी दिए।

सरकारले वैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको निर्वाचन सुरक्षाको लागि वैधरुपमा राखिएका समेत हतियार फिर्ता मागिरहेको अवस्थामा राजधानीको व्यस्त ठाउँमा गोली फेला परेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell