गुलरिया (बर्दिया) : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा ३५५ मतदान केन्द्र र १५४ मतदानस्थल कायम गरिएको छ।
निर्वाचन प्रयोजनका लागि जिल्लामा वैशाखको पहिलो हप्ताभित्र निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ।
यसअघि २०७० सालको संविधानसभा चुनावमा ३१३ मतदान केन्द्र र १४७ मतदानस्थल रहेको थियो।
निर्वाचनमा दुई लाख ५९ हजार दुई जना मतदाताले मतदान गर्न सक्ने प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। तीमध्ये एक लाख ३० हजार २७७ महिला, एक लाख २८ हजार ७२० पुरुष र पाँछ जना तेस्रोलिङ्गी गरी कुल दुई लाख ५९ हजार दुई जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवनकुमार शाहीले जानकारी दिए। रासस