PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

ट्याक्टरबाट खसेर एकको मृत्यु



पहिलोपोस्ट

चितवन : पूर्वी चितवनको रत्ननगरमा आज बिहान ट्याक्टरबाट खसेर रत्ननगर नगरपालिका वडा नं १२ का २० वर्षीय कोसिस चौधरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगरको सुब्बाचोकबाट डुम्रेचोकतर्फ जाँदै गरेको ना१त ७०८७ नंको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा मजदुरी गर्ने चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell