PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

'अनावरण' लिएर आए कथाकार विजय सापकोटा



पहिलोपोस्ट

'अनावरण' लिएर आए कथाकार विजय सापकोटा

काठमाडौं : विजय सापकोटाको नवीनतम कथा संग्रह 'अनावरण' प्रकाशित भएको छ।

समकालीन समाज र व्यक्तिका यथार्थ कथा लेख्न रुचाउने कथाकार विजयको यो पहिलो कथा संग्रह हो। जसमा आरेमको ट्याङ्का, अन्तरण, अन्तिम वाक्य, बाहिर अन्धकार थियो, गिर्खो, जङ्गली फूल, निमित्त, पटाक्षेप, सन्तान, विजेता जस्ता कथाहरु समावेश छन्।

मानवीय अनुभूतिलाई सरल ढंगले गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने क्षमताका कथाकारको कथा संग्रह 'अनावरण' संस्कृतिविद् सत्यमोहन जोशीको हातबाट विमोचन गरिएको थियो।

दस कथाहरुको संकलन रहेको अनावरण कथा संग्रह शाब्दिक बुक्सले प्रकाशन गरेको हो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell