PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

करण जौहर अब गायक पनि



पहिलोपोस्ट

करण जौहर अब गायक पनि

निर्देशक, निर्माता, लेखक एवं केहि कार्यक्रममा निर्णायक समेत रहेका बलिउड सेलिब्रेटी करण जौहरले अभिनय पनि कोसिस गरे। फिल्म बम्बई भेलबेटमा उनलाई दर्शकले कलाकारको रुपमा पनि देखे तर अभिनयलाई त्यस यता निरन्तरता दिएका छैनन्।

अब भने उनले पुन: नयाँ कामको प्रयास गरेका छन्। करणले एक रियालिटी शोका लागि गीत गाएका हुन्। उनले पहिलोपटक आधिकारिक गीतमा आफ्नो स्वर दिए।

'दिला हे हिन्दूस्तानी' नामको कार्यक्रमका लागि उनले गीत गाएका हुन्। जुन गीतमा  शेखर राजभियानीले संगीत दिएका छन्।

उनले गीत गाएको खबर शेखरले फोटो सहित आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेका हुन्।

उनको ट्विटमा प्रतिक्रिया जनाउदै करणले लेखे,'धन्यवाद शेखर। तिम्रो लागि गाउन पाउनु गर्वको विषय हो। गायनमा मेरो इनिङ्स लामो समय टिक्छ भन्ने आशा छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell