PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

महिलाको रहस्यमय हत्या, बोरामा पोको पारेर खोलाकिनारमा फालियो



राधेश्याम पटेल

महिलाको रहस्यमय हत्या, बोरामा पोको पारेर खोलाकिनारमा फालियो

वीरगन्ज : हत्या गरेर बोरामा हाली फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

बाराको प्रसौनी गाविस-८ स्थित नौतन गाउँबाट २ किलोमिटर उत्तरमा पर्ने सिङ्याही खोला किनारमा अन्दाजी ३०/३२ वर्षकी महिलाको शव आइतबार फेला परेको हो। खेतमा काम गर्न गएका स्थानीयले खोला किनारमा बोराभित्र शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेर हेर्दा पहिले भित्र जुटको र बाहिर प्लास्टिकको बोरामा पोको पारेर फालिएको अवस्थामा शव फेला पारिएको बारा प्रहरीका प्रहरी निरीक्षक अरुण कुशवाहले बताए। 'घाँटीमा पासो लगाएर पछि घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको छ,' उनले भने, 'महिलाको साथबाट सुनको सिक्री र दुई वटा औंठी फेला पारेका छौं।'

उनको नामथर नखुले पनि नौतन आसपासकै हुन सक्ने कुशवाहले बताए। शवको पोस्टमार्टमका लागि कलैया अस्पताल लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell