PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

'नेशनल एक्टिङ कम्पिटिसन’ को अन्तिम प्रतिस्पर्धा वैशाख ३१ मा



पहिलोपोस्ट

'नेशनल एक्टिङ कम्पिटिसन’ को अन्तिम प्रतिस्पर्धा वैशाख ३१ मा

काठमाडौं: ‘नेशनल एक्टिङ कम्पिटिसन’ को अन्तिम प्रतिस्पर्धा बैशाख ३१ गते हुने भएको छ। आयोजक  नेक्स्ट मोडल्स नेपालले प्रतियोगिताको ग्राण्ड फिनाले निश्चित भएको जानकारी दिएको हो।

दुई हजार प्रतियोगीबाट विभिन्न चरण पार गर्दै छानिएका उत्कृष्ट ४५ प्रतियोगी अहिले शिर्ष उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। कार्यक्रममा अभिनेता दयाहाङ, अनुप बराल र अभिनेत्री ऋचा शर्मा निर्णायक रहेका छन्।

प्रतियोगिताको विजेताले दुई लाख पचास हजार बराबरको पुरस्कारका साथै विभिन्न अवसरहरु प्राप्त गर्ने बताइएको छ। प्रतियोगीतामा टप २५, टप १५, टप ८ हुँदै विजयी छानिने आयोजक संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन्।

अडिसनबाट छानिएका २५ प्रतिस्पर्धिहरुलाई अनुप बराल, विक्रम परियार, देव न्यौपाने, दिया मास्केलगायतले प्रशिक्षण दिनेछन्। प्रतियोगीता बारे बोल्दै अभिनेता दयाहाङ राईले भने,'नव प्रवेशी कलाकारको प्रतिभा निखार्न कार्यक्रमले सहयोग गर्छ।'  

इभेन्ट आयोजना र व्यवस्थापन गर्दै आएको ‘नेक्स्ट मोडल्स नेपाल’ले असार २२ गतेबाट अडिशन सुरु गरेको थियो। गत असार महिनादेखी प्रशारण हुने भनिएपनि फागुनबाट मात्र प्रसारण भएको थियो। 'प्राविधिक समस्याका कारण हामीले तोकिएको समयमा प्रसारण सुरु गर्न सकेनौं', संयोजक रवी धमलाले भने,'राम्रो कामको लागि समय लाग्छ नै।'

यो प्रतियोगिता नेपालको पहिलो एक्टिङ प्रतियोगिता भएको धमलाको दाबी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell