काठमाडौं : नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जीवसिंह पुरी र दक्षिण अफ्रिकाकी गैरआवासीय राजदूत रोबिना प्याट्रिसिया मार्क्सले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको विशेष समारोहमा राजदूतद्वले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका हुन्। समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरुको सहभागिता थियो।