
काठमाडौं: गीतकार तथा साहित्यकार अम्बिका गुरुङले स्वर्गीय आमा कृष्णकुमारी गुरुङको २० औं पूण्यतिथीका अवसरमा दुई गीत तथा भिडियो सार्वजनिक गरेकी छिन्। काठमाडौंस्थित वृद्धाश्रममा कार्यक्रम आयोजना गरी आफ्ना दुई म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।
शान्तिनगरस्थित निःसहाय सेवा सदन तथा जेष्ठ नागरिक आवास गृहमा आयोजित कार्यक्रममा गीतकार गुरुङले करिव ५० जना वृद्ध वृद्धालाई खाना खुवाइन्। साथै उनीहरुको स्वास्थ्य उपचारका लागि नगद ५० हजार एक सय रुपैयाँ सहयोग समेत गरेकी छिन्।
गीतकार गुरुङको शब्द रहेको ‘आमा’ शीर्षकको गीतको अडियो सार्वजनिक गरिएको हो। गीतमा गायक रामकृष्ण ढकालको स्वर तथा प्रकाश लेप्चाको संगीत निर्देशन रहेको छ। सार्वजनिक दोस्रो गीत ‘मैलै फूल भनेर’ हो। गीतमा गुरुङको शब्द रहेको छ। गायिका रीमा गुरुङ होडाको स्वर रहेको गीतको भिडियो परी ड्रिम टिमले निर्माण गरेको हो। सुरेश दर्पण पोखरल उक्त भिडियोका छायांकार हुन् भने अनन्त घिमिरेले भिडियो सम्पादन गरेका हुन्।
हेर्नुस् भिडियो :