काठमाडौँ : हरेक वर्ष घोडाजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकावासीहरु पाहाँ चह्रे मनाउने गर्छन्। स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो।
कसैले यसलाई पासा चह्रे पनि भन्ने गर्छन्। नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी हो। चह्रे चन्द्रमासको क्यालेन्डर अनुसार चौधौँ दिनलाई भनिन्छ।
पर्वको पहिलो दिन आज बिहान विभिन्न शक्तिपीठहरुमा पूजा गरिन्छ भने साँझ भष्मासुरको डरले लुकेर बसेका महादेवलाई पूजा गरिन्छ। लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गरिन्छ। घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ।
त्यसैगरी कंकेश्वरीदेवी लगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ।
पाहाँचह्रे पर्वको दोस्रो दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाउने गरिन्छ । ८४ ब्यञ्जनसहतिको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास रहेको छ ।
जात्राको अन्तिम दिन दिउँसो असनमा देवीको खट जुधाउने जात्रा हुन्छ। रातो, नीलो र पहेँलो गरी तीन वटा रङ्गका टोपी र टिसर्ट लगाएकाहरु असनको मुख्य चोकमा भेला हुन्छन्।
भद्रकाली (लुँमरी अजिमा) र कंकेश्वरी (चामुण्डा/ कंग अजिमा) को खट बोक्नेहरुले चिराग साट्ने गर्छन् जसलाई स्थानीय भाषामा 'द्य ल्वाकेगु' भनिन्छ।
हेर्नुस् पहिलो दिनका केही फोटो