PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

क्षमताभन्दा बढी यात्रु बोक्दा डुङ्गा दुर्घटना, ५६ जनालाई जेल सजाय



पहिलोपोस्ट

क्षमताभन्दा बढी यात्रु बोक्दा डुङ्गा दुर्घटना,  ५६ जनालाई जेल सजाय

काएरो : इजिप्टको एक अदालतले क्षमताभन्दा बढी यात्रु बोकी डुङ्गा दुर्घटना भएको ठह। गर्दै घटनामा संलग्नलाई जेल सजाय तोकेको छ। उक्त अदालतले घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न रहेका सवैलाई जेल सजाय तोकेको हो।  

जेल सजाय सुनाइएकाहरुलाई आठ देखि दश वर्षसम्म कैद सजाय हुनेछ। अदालतले ५६ जनालाई जेल सजाय सुनाएको हो।

सन् २०१६ को सेप्टेम्बर २१ मा भएको डुङ्गा दुर्घटनापछि बचेका यात्रुका अनुसार डुङ्गाले ४५० जनाभन्दा बढी यात्रु बोकेको जनाएको थिए। उक्त डुङ्गा दुर्घटनापछि इजिप्टको नौसेनाले १६३ जनालाई जीवित उद्धार गरेको थियो।

सामान्यताय दुर्घटनाग्रस्त उक्त डुङ्गाको भारवाहन क्षमता करिव १०० जनाको लागि भएको बताइएको छ। संयुक्त राष्ट्रसंघ आप्रवासी मामिला हेर्ने निकाय (युएनएचसिआर)का अनुसार उद्धार गरिएको अधिकांश इजिप्टका नागरिक थिए भने केही सुडान, सिरिया र इथियोपियाबाट युरोप हिडेका शरणार्थी थिए। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell