PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

चितवनमा बसको ठक्करबाट एकको मृत्यु, दुई जना गम्भीर घाइते



पहिलोपोस्ट

रत्ननगर : पूर्वी चितवनको खैरहनीस्थित बाबा ग्यास नजिकै राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। अन्य दुई जना गम्भीर घाइते भएका छन्। 

गएराति करिब १२ बजेको समयमा पूर्वबाट पश्चिम जान आउँदै गरेको बा ५ ख ८९६१ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ७५ प ९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। 

दुर्घटनामा परी मोटरसाइकलमा सवार तीन जनामध्ये एक जनाको राति नै उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको अहिलेसम्म पहिचान खुलेको छैन। 

गम्भीर घाइते भएका दुई जनाको अहिले सोही कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये एकजना रत्ननगर नगरपालिका–४ का १९ वर्षीय जोसेफ दराई रहेको र अर्का घाइतेको पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ। ठक्कर दिएको बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell