PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

सोल्टीसहित काठमाडौँका क्यासिनोमा प्रहरीको छापा, १३ युवती पक्राउ



पहिलोपोस्ट

सोल्टीसहित काठमाडौँका क्यासिनोमा प्रहरीको छापा, १३ युवती पक्राउ

काठमाडौँ : प्रहरीले आइतबार राति काठमाडौँका ६ वटा क्यासिनोमा छापा मारेको छ। 

प्रहरीले सोल्टी होटल, याक एण्ड यति, सांग्रिला, र्‌याडिसन र ह्यात होटलमा रहेको क्यासिनोमा छापा मारेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी छविलाल जोशीले बताए।

‘क्यासिनोमा नेपाली उपस्थिति रहेको सूचना आधारमा प्रहरीले छापा मारेको हो’, जोशीले भने ‘अनुगमन नभएको लामो समय भएकाले छापा मारेका हौँ। तर सूचना आएजस्तो क्यासिनोमा नेपाली भेटिएनन्।’ 

महानगरीय अपराध महाशाखा र परिसरको संयुक्त टोलीले ६  वटा समूह बनाएर राति साढे ९ बजेदेखि ११ बजेसम्म क्यासिनोमा छापा मारेको हो। छापाका क्रममा प्रहरीले सोल्टी होटेलको क्यासिनोबाट क्यासिनोसम्वन्धी तालिम लिइरहेका १३ जना युवतीलाई प्रक्राउ गरेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell