PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

कपिल शर्माको 'दशा'लाई डाक्टर गुलाटीले भने 'तमाशा' 



पहिलोपोस्ट

कपिल शर्माको 'दशा'लाई डाक्टर गुलाटीले भने 'तमाशा' 

अष्ट्रेलियाबाट भारत फर्कदा प्लेनमा भएको झगडाका कारण कपिल शर्मा र सुनिल ग्रोभरबिच ठूलै वादविवाद भयो। जसका कारण सुनिल ग्रोभरले द कपिल शर्मा शो नै छोड्ने निर्णय गरे। डाक्टर मसहुर गुलाटीका रुपमा लोकप्रिय सुनिलले शो छाड्नु कपिलका लागि पहिलो दशा थियो। तर कपिलको खराब समयको अन्त्य भएन। 

सामाजिक सञ्जाल मार्फत माफी मागेका कपिललाई यस्तो जवाफ फर्काए ग्रोभरले: जनावरलाई मात्र होइन मान्छेलाई पनि सम्मान गर्न सिक, तिमी आफ्नो काममा दक्ष छौ तर भगवान बन्ने कोसिस नगर। 

जवाफसँगै अर्को सर्पाइज रह्यो सुनिलसँगै अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्राले पनि कपिल शर्माको शो छाड्ने। शुक्रबार सुनिल ग्रोभरले नयाँ कमेडी शो 'डाक्टर गुलाटी क्लिनिक' घोषणा गरे। कपिलको शोका सबै कलाकार त्यो कार्यक्रमका लागि देखिने भएपछि कपिल शर्माले यो हप्ताका लागि एक्लै कार्यक्रम संचालन गर्ने भएको बलिउड हंगामाले जनाएको छ। 

सुनिललाई कार्यक्रममा फर्काउनको लागि कपिलले भेट्न खोजे तर उनलाई जवाफ आयो,'म परिवारसँग बिदा मनाउन जाँदैछु।'  
यो हप्ता कार्यक्रममा गेस्ट रहेका मनोज बाजपाईले समेत फोन गरेको खबर सार्वजनिक छ। तर सुनिल आफ्नो निर्णयमा अडिक रहे। 
डिएनएका अनुसार कपिलको सोनी च्यानलसँगको कन्ट्रयाक्ट अप्रिलमा समाप्त हुँदैछ। कन्ट्र्याक्ट रिन्युका लागि सोनीले कपिललाई १०७ करोड दिने बताइएको थियो। तर अब सो रकममा कन्ट्रयाक्ट हुने सम्भावना पनि कम छ। 

इयर इन्डियाको प्लेनमा भएको कपिल सुनिल झगडाका कारण इयर इन्डियाले पनि कपिललाई वार्निङ लेटर पेश गर्ने भएको छ। मेलवर्नदेखि दिल्लीसम्मको फ्लाइटमा कपिलले देखाएको अनैतिक व्यवहारका लागि उनलाई चेतावनी पत्र दिने भएको इयर इन्डियाको म्यानेजिङ डाइरेक्टर आश्वानी लोहनीले बताएका हुन्

यो सबै घटनाक्रम बिच सुनिलले मुख खोले। बलिउड हंगामाले जनाए अनुसार सुनिलले भने,'मलाई रिल्याक्स छ। अब के गर्ने भन्नेबारे सोच्दैछु। भईरहेको तमाशा हेर्दैछु। खुब मज्जा लागेको छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell