PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

राजधानीमा झुमे लमजुङे कलाकार, राष्ट्रकवि सहित कलाकार सम्मानित



पहिलोपोस्ट

राजधानीमा झुमे लमजुङे कलाकार, राष्ट्रकवि सहित कलाकार सम्मानित

काठमाडौं : राजधानीको कमलादीस्थित नेपा प्रज्ञा प्रतिष्ठानको हल आइतबार लमजुङे कलाकारको प्रस्तुतिले गुञ्जायमान बन्यो। लमजुङ सांस्कृतिक समारोहमा भेला भएका स्रष्टा, कलाकारहरु आआफ्नो प्रस्तुति दिनमै व्यस्त रहे।

समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा ठाडोभाका शिरोमणि भेडीखर्के साँइलालाई मल्टिमिडिया इन्टरनेसनलका अध्यक्ष मोहन श्रेष्ठले अभिनन्दन गरे। गायकहरु कृष्ण गुरुङ र राजु परियार तथा गायिकाहरु बिमाकुमारी दुरा र माया गुरुङ पनि सम्मानित भए।


सोही कार्यक्रममा राजु परियार, बिमाकुमारी दुरा, कृष्ण गुरुङ माया गुरुङ, कृष्णसुधा ढुंगाना, प्रिया श्रेष्ठ, आश्रम गुरुङ, मन्जु विक, शान्ति सुनार, रमेश परियार लगायतले गीत प्रस्तुत गरेका थिए। विजयराज न्यौपानेले कविता र अन्जना पौडेलले झ्याउरे लयको गीत सुनाइन्।

कार्यक्रममा घाँटु, सोरठी, बालुन, भजन र अन्य नृत्यहरुले थप रौनक बढाएको थियो। कार्यक्रमबाट उठेको रकम असहाय, वृद्धवृद्धा, बालबालिका र अपाङ्गहरुको सहयोगार्थ खर्च गरिने आयोजक मोहन श्रेष्ठले बताए।

मल्टिमिडिया इन्टरनेसनलको प्रमुख आयोजना र लमजुङ्ग कलाकार संघ, ठाडोभाका लोक कला प्रतिष्ठान नेपाल र अन्नपूर्ण अफसेट प्रेसको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell