
आनन्द रायले केही समय अघि 'ड्राफ फिल्म' घोषणा गरे। फिल्मले होचो कदका मान्छेहरुको कथा बोल्ने भनिएको थियो जसमा बलिउड स्टार शाहरुख खानको अभिनय रहनेछ। २५ वर्ष लामो फिल्म करियरमा शाहरुख पहिलोपटक पुड्को भूमिकामा देखिन लागेका हुन्।
अब अर्का बलिउड स्टार पनि होचो कदमा देखिन लागेका छन्। रजनिकान्तले पुड्को पात्रको भूमिका निभाउने बलिउड हंगामामा जनाइएको छ। फिल्म '२.०'मा उनी पहिलोपटक होचो अवतारमा देखिन लागेका हुन्। साइन्स फिक्शन जानराको फिल्ममा उनको पाँच रुप देख्न सकिन्छ। दुई पुड्को, एक साउन्टिस्ट, एक रोबोट र एक खराब महिलाको भूमिका उनले निभाएका छन्।
चार सय करोडको महङ्गो लगानीमा निर्माण भएको फिल्मको पोस्ट प्रोडक्शनको काम चलिरहेको छ। फिल्मको पहिलो टिजर तामिल नयाँ वर्ष, अप्रिल १४ मा सार्वजनिक हुनेछ। रजनिकान्तसँगै एमी ज्याक्शनको मुख्य भूमिका रहने फिल्म अक्टोबरबाट प्रदर्शनमा आउने बताइएको छ।
फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन्।