PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

नवनियुक्त भारतीय राजदूत पुरी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



पहिलोपोस्ट

नवनियुक्त भारतीय राजदूत पुरी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। 

सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यलयमा भएको भेट परिचयात्मक मात्र रहेको सहभागी एमाले सचेतक भानुभक्त ढकालले बताए। 
ओलीलाई भेट्न पुरी १२ बजेर १० मिनेटमा एमाले संसदीय दलको कार्यालय पुगेका थिए। ढकालले एक घण्टाको छलफल सामान्य परिचय, शिष्टाचार भेटमा सीमित रहेको बताए। 

भेटमा दुवैले नेपाल र भारत दुवै लोकतान्त्रिक र जनउत्तरदायी शासन व्यवस्था रहेको मुलुक भएको उल्लेख गरेका थिए। 

शनिबार नेपाल आइपुगेका राजदूत पुरीले आइतबार मात्र राष्ट्रपति समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका थिए।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell