PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

सदस्यसमेत नरहने गरी नयाँ शक्तिबाट चार केन्द्रीय परिषद् सदस्य निष्काशित



पहिलोपोस्ट

सदस्यसमेत नरहने गरी नयाँ शक्तिबाट चार केन्द्रीय परिषद् सदस्य निष्काशित

काठमाडौं : नयाँ शक्ति पार्टीले चार जना केन्द्रीय परिषद् सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ।

आज बसेको पार्टीको विशेष राजनीतिक समितिले निर्मल भट्टराई, चन्द्रदेव ओझा,  हरिराम रिमाल र मोहन बमलाई निष्काशन गरेको हो।

पार्टी हीत र स्वीकृत मूल्य–मान्यता विपरीत गतिविधिमा निरन्तर संलग्न भई गम्भीर गल्ती गरेको ठहर गर्दै निष्काशन गरिएको जारी विज्ञप्तिमा जनाइएको छ। 'पार्टीले सोधेको स्पष्टीकरण समेत दिन इन्कार गरेको कारण निजहरुको क्रियाकलाप पार्टी हितविपरित ठहर गर्दै विशेष राजनीतिक समितिको बैठकले पार्टीबाट निष्काशन गरेको' प्रवक्ता खिमलाल देवकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell