PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

घोडाजात्रामा घोडाको मुकुन्डो लगाएर सेल्फी : टुँडिखेल वरपर रमिता हेर्नेका फोटो

घोडाजात्रामा घोडाको मुकुन्डो लगाएर सेल्फी : टुँडिखेल वरपर रमिता हेर्नेका फोटो

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : उपत्यकामा आज घोडाजात्राका लागि सार्वजनिक विदा दिइएको छ। तर मुख्य सडकमा भने जामको समस्या कायमै थियो। 

टुँडिखेल वरपर सवारी चाप बढ्नुको कारण थियो- घोडाजात्रा समारोह हेर्नका लागि हुने विशिष्ट अतिथिहरुको 'सवारी' र रमिता हेर्न भेला भएका दर्शकहरु। 

अपराह्न ३ बजे बल्ल टुँडिखेलमा विशिष्ट अतिथिहरुलाई दर्शक बनाई कार्यक्रम सुरु भए पनि टुँडिखेल बाहिर बस्ने सयौँ दर्शक घण्टौँ अघिदेखि आकाशे पुल, टुँडिखेलको बार, नजिकैको ट्रमा अस्पताल, काठमाडौँ मलमा तम्तयार भएर बसेका थिए। 

रत्नपार्क नजिकैको आकाशे पुलमा एक जनाले घोडाको मुकुण्डो लगाएर सेल्फी खिचिरहेको समेत देखियो।

 
ट्रमा सेन्टरबाट घोडाजात्रा हेरिरहेकाहरु।
टुँडिखेलको बार पारी रहेका दर्शक।
होर्डिङ बोर्डमाथि चढेका दर्शक।
पालले छेकिएको हुनाले चढाएर घोडा देखाउँदै।
काठमाडौँ मलको भर्‍याङबाट जात्रा हेर्दै।
बसपार्क नजिकैको आकाशे पुलमा रहेका दर्शक
सुरक्षाकर्मीहरु पुल खाली गराउँदै।


ट्रेन्डिङ पोस्ट

Ncell