PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

बजार हिँडेका साहको शव जलेको अवस्थामा गहुँबारीमा भेटियो, हत्याको आशंका



पहिलोपोस्ट

बजार हिँडेका साहको शव जलेको अवस्थामा गहुँबारीमा भेटियो, हत्याको आशंका

वीरगन्ज : घरबाट बजार जान हिडेका पर्सा विश्रामपुर –६ का अनोजप्रसाद साहको शव गहुँबारीमा फेला परेको छ। एक सातादेखि बेपत्ता रहेका साहको शव जलेको अवस्थामा फेला पारेको हो। साहले लगाएको कपडाका आधारमा परिवारले शव पहिचान गरेका गरेको हो।

खेतमा काम गर्न जाने क्रममा गाउँलेहरुले साहको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। साहको शव जलेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। 

परिवारका अनुसार उनी चैत ८ गते दिउँसो बजार जान्छु भनी निस्किएका थिए। त्यसपछि सम्पर्कमा थिएनन्। प्रहरीले शवको प्रकृति अनुसार हत्या गरी जलाएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। घटनाबारे अनुसन्धान सुरु भइसकेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिए।
शव नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा पोस्टमार्टम गरी राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell