
लहान : सप्तरीको लहान–३ को एक नर्सिङ होम नजिकैको बगैँचामा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ। मृतक मलहनमा–१ का देवनारायण साहका १६ बर्षीय छोरा श्रवणकुमार साह भएको प्रहरीले जनाएको छ।
श्रवण एसइईका परीक्षार्थी थिए। साहको शव उनी परीक्षा दिन बसेको डेरा नजिकै फेला परेको प्रहरीले जनाएको छ।
साहको शरीरमा कुटपिट भएको निशानी रहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि रामकुमार–उमाप्रसाद (राउ) अस्पताल, लहानमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। रासस