PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

निर्वाचन रणनीति तयार पार्दै नयाँ शक्ति, केन्द्रीय परिषद् बैठक आजदेखि



पहिलोपोस्ट

निर्वाचन रणनीति तयार पार्दै नयाँ शक्ति, केन्द्रीय परिषद् बैठक आजदेखि

काठमाडौँ : नयाँ शक्ति पार्टी नेपालको अन्तरिम केन्द्रीय परिषद्को बैठक आजदेखि सुरु हुँदैछ । बुद्दनगरस्थित क्वालिटी ब्याङक्वेटमा बिहान ११ बजेदेखि बैठक बस्नेछ। बैठक दुई दिन चल्नेछ।

परिषद् बैठकले पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजना तयार गर्ने बताइएको छ। पार्टीको आन्तरिक कार्यदिश पनि तय गर्ने तयारी गरिएको छ।

बैठकमा आसन्न स्थानीय तह निर्वाचनबारे पनि छलफल हुनेछ । नयाँ शक्तिको निर्वाचन केन्द्रित रणनीतिक कार्ययोजनामा पनि बैठकमा छलफल हुनेछ। 

स्थानीय निर्वाचनको पक्षमा रहेको बताए पनि नयाँ शक्तिले संविधान संशोधनपछि निर्वाचन गर्नुपर्ने धारणा राख्दै आएको छ। संविधान संशोधनमा कुनै ठो प्रगति नभए पनि नयाँ शक्ति निर्वाचन रणनीतिको तयारीमा जुटेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell