PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

आरआरमा तेस्रो प्रयासमा स्ववियु निर्वाचन सुरु, चार प्यानल प्रतिस्पर्धामा



पहिलोपोस्ट

आरआरमा तेस्रो प्रयासमा स्ववियु निर्वाचन सुरु, चार प्यानल प्रतिस्पर्धामा

काठमाडौं : सर्वोच्च अदातलको आदेशपछि प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान सुरु भएको छ। तस्रो प्रयासमा आरआरमा स्ववियु चुनाव भएको हो। मतदान प्रक्रिया सुरु भइसकेको छ।

त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको चुनावको मिति फागुन १८ गते मनोनयन विवादका कारण आरआरमा चुनाव स्थगित भएको थियो। कांग्रेस निकट नेपाल विद्यार्थी संघले मनोनयन नगरेका कारण चुनाव रोकिएको थियो।

तर, एमाले निकट अखिल माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले मनोनयन दर्ता गरिसकेका कारण फागुन २३ गतेका लागि निर्वाचन सारिएको थियो। उक्त मितिमा स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित हुने भन्दै जिल्ला प्रशासन कार्यालयको पत्रचार अनुसार प्रहरीले चुनाव गर्न रोक लगाएको थियो। 

निर्वाचन रोकिएपछि एमाले निकट अखिलका आआर क्याम्पसका सभापतिका उम्मेद्वार समेत रहेका तपेन्द्रबहादुर शाहीको रिटमा सर्वोच्चले चैत २ गते चुनाव गराउन अन्तरिम आदेश जारी गरेको थियो।

यसअघि मनोनयनमा सहभागी नभएको नेविसंघले पनि सोमबार मनोनयन दर्ता गरेको थियो। त्रिविले चुनावको मिति तोकेपछि सवै विद्यार्थी संठगन सामेल हुने विद्यार्थी संगठनको सहमतिमा नेविसंघलाई मनोनयन गर्न दिइएको थियो। अन्य दुई संगठन जस्तै नेविसंघले पनि प्यानलसहित उम्मेद्वारी दर्ता गरेको छ। 

आरआरको स्ववियु सभापतिका लागि अनेरास्ववियुका तपेन्द्रबहादुर शाही, नेविसंघका उत्तम साउद, अखिल क्रान्तिकारीका ध्रुवराज वाग्ले र नयाँ शक्ति पार्टीसहितको संयुक्त प्यानलबाट अरविन्द भट्टराईको नेतृत्वमा उम्मेद्वारी दर्ता भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell