PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

पाकिस्तानले अफगानी सीमामा बार निर्माण गर्न सुरु गर्ने



पहिलोपोस्ट

पाकिस्तानले अफगानी सीमामा बार निर्माण गर्न सुरु गर्ने

इश्लामावाद : पाकिस्तानले अफगानिस्तानसँगको सिमानामा पर्खाल निर्माण गर्न सुरु गर्नेभएको छ। 

सीमा क्षेत्रमा अफगानी विद्रोही लडाकूको गतिविधिलाई कम गर्ने उद्देश्यले सीमा क्षेत्रमा बार निर्माण गर्न लागिएको समयमा पाकिस्तानको पूर्वी छिमेकीद्वारा भने मिलेर बसेका समूदाय विभाजित हुने भनी आलोचना आएको छ। 

पाकिस्तान र अफानिस्तानलाई इराक लाइनले विभाजित गरिएको छ। बेलायतीहरुले सन् १८९६ मा निर्माण गर्न लागेको दुई हजार ४०० किलोमिटर सीमानामध्ये गत वर्ष एक हजार १०० किलोमिटर दक्षिणी सीमामा बार निर्माण गरिसकेको छ। 

सेनाका अनुसार बाँकी सीमाबारलाई आगामी हप्तादेखि निर्माण सुरु गरिनेछ। 

अफगानिस्तानका गृहमन्त्रीले पाकिस्तानी पक्षबाट सीमा सुरक्षाका लागि भनी सुरु गरेको कदमको विरोध जनाएका छन्। यद्यपि निर्माण सुरु नभएको बताउँदै यसबारे थप प्रतिक्रिया नजाउने बताए। 

अफगानी गृहमन्त्रीले सीमानामा वार निर्माण गरेर आतङ्कवाद सम्बन्धि समस्या समाधान गर्न नसकिने तर यसले सीमा क्षेत्रका समुदायलाई विभाजित मात्र गराउने बताए। रासस÷एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell