PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

भारतको मध्यप्रदेशमा ट्रक दुर्घटना, ११ जनाको मृत्यु ४२ घाइते



पहिलोपोस्ट

भारतको मध्यप्रदेशमा ट्रक दुर्घटना, ११ जनाको मृत्यु ४२ घाइते

नयाँ दिल्ली : भारतको मध्यप्रदेशमा करिव ६० जना कृषक लिएर हिडेको मिनी ट्रक सोमबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ट्रकमा यात्रारत ४२ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। 

मध्यप्रदेशको राजधानी भोपालबाट ३१७ किलोमिटर जवालपुर– चारगाउँ सडकखण्डको पूर्व जवालपुर जिल्लामा भएको सडक दुर्घटनामा मृत्यु हुने प्रायः कृषि मजदूर रहेको प्रहरीले बताएको छ। 

सोमबार बिहान भएको उक्त घटनामा ११ जनाको मृत्यु भएको र ४२ जना घाइते भएका हुन्। दुर्घटना चालकको लापरवाहीका कारण भएको प्रारम्भिक अनुसन्धानपछि उच्च प्रहरी अधिकारी एम. एस. सिकर्वानले बताए। घाइतेको स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको सिकर्वानले बताए। 

उच्च गतिमा गाडी चलाएको र नियन्त्रण गुमाउदा दुर्घटना हुनपुगेको उनले भनाई छ। घटनापछि चालक घटनास्थलबाट फरार रहेकाले उनको खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell