PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

स्ववियुको मतदान हुँदाहुँदै आरआरमा पेट्रोल बम प्रहार



पहिलोपोस्ट

स्ववियुको मतदान हुँदाहुँदै आरआरमा पेट्रोल बम प्रहार

काठमाडौं : रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसअगाडि पेट्रोल बम प्रहार भएको छ। स्ववियु चुनावको मतदान प्रक्रिया चलिरहेको अवस्थामा गेटअगाडि बम प्रहार भएको हो।

तेस्रो प्रयासपछि सर्वोच्च अदातलको आदेशपछि आरआरमा स्ववियु निर्वाचनको सुरु भएको हो। अहिलेसम्म ६ सय ५० मत खसिसकेको छ। मतदान भइरहेको अवस्थामा बम प्रहार भएको प्रहरीले जनाएको छ। अहिले यहाँको अवस्था तनावपूर्ण बनेको छ। चुनाव रोक्न माग गर्दै विभिन्न विद्यार्थी संगठन सम्मितलित संयुक्त विद्यार्थी संगठनले बिहानैदेखि क्याम्पसबाहिर प्रदर्शन जारी राखेको थियो।

त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको चुनावको मिति फागुन १८ गते मनोनयन विवादका कारण आरआरमा चुनाव स्थगित भएको थियो। कांग्रेस निकट नेपाल विद्यार्थी संघले मनोनयन नगरेका कारण चुनाव रोकिएको थियो।

तर, एमाले निकट अखिल, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले मनोनयन दर्ता गरिसकेका कारण फागुन २३ गतेका लागि निर्वाचन सारिएको थियो। उक्त मितिमा स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत हुने भन्दै जिल्ला प्रशासन कार्यालयको पत्रचार अनुसार प्रहरीले चुनाव गर्न रोक लगाएको थियो। 

यसअघि मनोनयनमा सहभागी नभएको नेविसंघले सोमबार मनोनयन दर्ता गरेको थियो। त्रिविले चुनावको मिति तोकेपछि सवै विद्यार्थी संठगन सामेल हुने विद्यार्थी संगठनको सहमतिमा नेविसंघलाई मनोनयन गर्न दिइएको थियो।

आरआरको स्ववियु सभापतिका लागि अनेरास्ववियुका तपेन्द्रबहादुर शाही, नेविसंघका उत्तम साउद, अखिल क्रान्तिकारीका ध्रुवराज वाग्ले र नयाँ शक्ति पार्टीसहितको संयुक्त प्यानलबाट अरविन्द भट्टराईको नेतृत्वमा उम्मेदवारी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell