
काठमाडौं : एसीसी इमर्जिङ टिम्स कपमा अहिले नेपालले बंगलादेशी यू-२३ टीमसँग खेलिरहेको छ। यू-२३ टीम रहेपनि बंगलादेशी टीममा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरुको बाहुल्य रहेको छ।
बंगलादेश क्रिकेट बोर्डले घोषणा गरेको टोलीमा टेष्ट क्रिकेट खेलिसकेका ४ खेलाडी समावेश छन्।
जसमा कप्तान मोमनिुलसँगै उपकप्तान नासिर हुसेन, अबुल हसन राजु, मोहम्मद मिथुन तथा यु १९ खेलाडी नाजमुल होसेन शान्तो छन्।
यसअघि अर्का यू-१९ खेलाडी मेहदी हसन मिराजलाई पनि टीममा राखिएको थियो तर उनी हाल बंगलादेशी राष्ट्रिय टीमबाट श्रीलंका विरुद्ध वान डे क्रिकेट खेलिरहेका छन्।
कप्तानी गरिरहेका मोमिनुल हकले बंगलादेशका लागि तीनवटै फर्म्याटमा खेलिसकेका छन्।
टेष्ट खेल्ने राष्ट्र बंगलादेशले २३ वर्ष माथिका ४ खेलाडी राख्न पाउने प्रावधान अनुसार कप्तान मोमिनुल, उपकप्तान नासिर हुसेन तथा राजु र मिथनुलाई राखेको छ।
यो समाचार तयार पार्दा सम्म बंगलादेशको ४ विकेट झरिसकेको छ। विकेटकिपर मोहम्मद मिथुन र नाजमुल हसन सान्तो आउट भइसकेका छन्। कप्तान मोमिनुल र उपकप्तान हुसेन अहिले क्रिजमा छन्।
मोमिनुहले बंगलादेशका लागि २२ टेष्ट २६ वान डे र ६ टी २० क्रिकेट खेलिसकेका छन्। उनको टेष्टमा हाइएस्ट स्कोर १८१ छ भने वान डे मा ६० तथा टी २० मा २६ रहेको छ।
उनले यही मार्चको पहिलो साता श्रीलका विरुद्ध बगलादेशका लागि टेष्ट खेलेका थिए।
यस्तै ३० वर्षीय अलराउण्डर नासिर हुसेनले बंगलादेशका लागि १७ टेष्ट ५८ वान डे र ३१ टी २० क्रिकेट खेलिसकेका छन्। टेष्ट र वान डे मा उनको हाइएस्ट स्कोर समान सय छ भने टी २० मा ५० उनको अइएस्ट स्कोर हो।
यस्तै २४ वर्षीय अबुल हसनले बंगलादेशका लागि ३ टेष्ट ६ वान डे तथा ४ टी २० क्रिकेट खेलेका छन्। उनको टेष्टमा हाइएस्ट स्कोर ११३ रहेको छ।
२७ वर्षीय विकेटकिपर मिथुनले २ वान डे र १२ टी २० क्रिकेट खेलेका छन्।
बंगाली टोली
मोमिनुल हक (कप्तान) नासिस हुसेन (उपकप्तान) अबुल हसन राजु, मोहम्मद मिथुन, नाजमुल होसेन शान्तो, मोहम्मद शैफ हसन, यासिर अली चौवधरी, शैफउद्धिन, अबु हैदर रोनी, नइम हसन, अजमिर अहेमद, राहातुल जाभेद, अफिफ होसेन, सल्मान होसेन, नासुम अहेमद
तस्विर : बंगलादेश क्रिकेट बोर्ड