PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

स्वर्णपुरका बासिन्दाले ५२ वर्षपछि पाउँदैछन् जग्गा धनीपूर्जा



राधेश्याम पटेल

वीरगन्ज : पर्साको सुदूरपश्चिम गाविस स्वर्णपुरका गाउँलेहरुले ५२ वर्षपछि आफुहरुले भोगचलन गरेको जग्गाको जग्गा धनीपूर्जा पाउने भएका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको संयोजकत्वमा रहेको स्वर्णपुर सट्टाभर्ना समितिले प्रारम्भिक चरमा ७१४ जनालाई लालपूर्जा प्रदान गर्ने निर्णय गरेको हो। लालपुर्जाका लागि स्वर्णपुरका करिब १३ सय ५० जनाले जिल्ला प्रशासन कार्यालय मातहत रहेको सट्टाभर्ना समितिमा निवेदन दिएका थिए। निवेदनमाथि छानबिन गरी सम्पूर्ण प्रक्रिया पूरा भएका ७१४ जनालाई लालपूर्जा दिने निर्णय गरिएको प्रजिअ घिमिरेले बताए।

२०२१ सालमा राप्तीदुन अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जमा परेका बस्तीहरूलाई हटाउने क्रममा पर्साको स्वर्णपुरमा निकुञ्जको बस्ती बसाइएको थियो। सोही समयदेखि बस्दै आएका स्वर्णपुरवासीले आजसम्म जग्गाधनी प्रमाणपूर्जा पाएका थिएनन्।

स्वर्णपुरमा एक हजार बिघाभन्दा बढी जग्गाको अहिलेसम्म पूर्जा बनिसकेको छैन।

स्वर्णपुर सट्टाभर्ना समितिको यो निर्णयसँगै गाउँलेहरु खुसी भएका छन्। ‘हाम्रो संघर्ष केही हदसम्म पूरा भएको छ,' स्थानीय जरी लामाले भने, 'बाँकीले पनि लालपूर्जा पाउनुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell