PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

भारतीय सेनाध्यक्ष रावत नेपालमा



पहिलोपोस्ट

भारतीय सेनाध्यक्ष रावत नेपालमा
फोटो : नेपाल स्थित भारतीय दुतावासको ट्विटरबाट

काठमाडौँ : भारतीय सेनाध्यक्ष विपीन रावत नेपाल आइपुगेका छन्। चार दिने भ्रमणका लागि नेपाल आइपुगेका रावतलाई नेपाली सेनाका लेफिन्टेन्ट जर्नेल पूर्णचन्द्र थापाले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बुधबार राष्ट्रपति भवन सितल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ। भारतीय सेनाध्यक्षलाई नेपालको र नेपालको सेनाध्यक्षलाई भारतको मानार्थ सेनाध्यक्ष दिने प्रचलन छ। 

राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन्। उनैले रावतलाई मानार्थ महारथीको सम्मान प्रदान गर्नेछिन्।


भारतीय सेनाको २७ औँ सेनाध्यक्षका रुपमा रावतको सन् २०१६ डिसेम्बर ३१ मा नियुक्त भएका थिए। उनले यसअघि भारतीय सेनाका गोर्खा रेजिमेन्ट् प्रमुखका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्।

नेपालमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

भारतीय सेनाध्यक्षले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नेछन्। त्यस्तै, उनले पोखरास्थित भारतीय सैनिकको पेन्सन क्याम्पको समेत निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell