
मार्चको सुरुवातमा बलिउड निर्देशक, निर्माता, लेखक एवं कलाकार रहेका करण जौहरले आफू बुवा बनेको खबर सार्वजनिक गरे। उनले सामाजिक सञ्जाल मार्फत आफू एक छोरी र एक छोराको बुवा बनेको बताएका थिए।
अविवाहित करणले सरोगेसी (कोख भाडामा लिएर) सन्तान जन्माएका थिए। आफ्नो खुसी पोस्टमार्फत सार्वजनिक गर्दै छोराको नाम यश र छोरीको नाम रुही घोषणा समेत गरे। त्यस समय उनले सरोगेन्ट आमा, डाक्टर प साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे पनि सन्तान बारे धेरै जानकारी दिएका छैनन्। मङ्गलबार भने उनले सन्तान बारे अन्य जानकारी दिएका छन्।
बलिउड हंगामाले करणले आफ्नो सन्तानबारे बोलेको खबर उल्लेख गरेको छ।
'मेरा दुई जुन्ल्याहा सन्तान दुई महिना चाडो जन्मिए। जन्मदा उनीहरुको तौल पनि निकै कम थियो', करणले आफ्नो सन्तानको स्वास्थ्य स्थितीबारे बोल्दै भने,'आफ्नो सन्तानको स्वास्थ्य ठिक नहुनुले मलाई निकै डर लागेको थियो।'
करणले उनीहरुलाई जन्मिएको तीन सातासम्म अस्पतालमै राख्नुको कारण खोलेका हुन्। करणका अनुसार रुही र यश आइसियुमा उपचाररत थिए। भने,'राम्रो टिमको साथ र सहयोग मिल्यो। जसका कारण धैर्य गर्ने साहस मैले पाएँ।'
हाल उनको सन्तान खतरामुक्त भएका छन्। उनले आफू सौर्य हस्पिटल, डाक्टर भूपेन्द्र अवस्थी, सोनल सास्ती लगायतप्रती आफू आभारी रहेको समेत बताए।
करणले सन्तान तोकिएको डेलिभरी समयभन्दा अघि जन्मदैमा नआत्तिन आव्हान गरेका छन्। भने,'धैर्य रहौं। आशा नमारौं। समय अघि असामान्य जन्म लिएका बच्चाका लागि औषधी छ, जिम्मेवार डाक्टर पनि छन्।'