PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

साउन १ गतेदेखि १० लाख रुपैयाँमाथिको कारोबार बैंकबाट, नगद कारोबारको सीमा घट्यो



पहिलोपोस्ट

साउन १ गतेदेखि १० लाख रुपैयाँमाथिको कारोबार बैंकबाट, नगद कारोबारको सीमा घट्यो

काठमाडौं : आगामी  साउन १ गतेदेखि १० लाख रुपैयाँभन्दा बढीको कारोबार बैंक तथा वित्तीय संस्थाबाट गर्नुपर्ने भएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै नगद कारोबारको सीमा निर्धारण गरेको हो।
 
ब्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा त्योभन्दा बढीको कुनै सेवा वा वस्तु खरिदबिक्री तथा कारोबार गर्दा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था गरिएको हो। सरकारले यही चैत १० गते राजपत्रमा नगद कारोबार सीमाको सूचना प्रकाशित गरेको हो।
 
वित्तीय संस्थामा निक्षेप, बचत वा सटहीका साथै वित्तीय संस्थाबाट लिएको ऋण, त्यसको साँवा तथा ब्याज भुक्तानी चेकबाटै गर्नुपर्ने हुन्छ। वित्तीय संस्थाहरुले आपसी कारोबार पनि चेकबाटै गर्नुपर्छ।
 
कुनै निक्षेपकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीका लागि दिएको निवेदनको ब्यहोरा र कारण उचित देखिएमा त्यस्तो निक्षेपकर्ताको खाता रहेको संस्थाबाट १० लाखभन्दा माथि पैसा भुक्तानी दिन सकिन्छ।
 
यसअघि राष्ट्र बैंकले ५० लाखको सीमालाई ३० लाख रुपैयाँमा झारेको थियो। राष्ट्र बैंकको परामर्शमा सम्पति शुद्दिकरण निवारणको प्रयोजनका लागि नगद कारोबार सीमा घटाइएको अर्थमन्त्रालयका सचिव डा शान्तराज सुवेदीले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell