PahiloPost

Mar 24, 2026 | १० चैत्र २०८२

'ट्युबलाइट'को तीन गीत २० करोडमा बिक्री



पहिलोपोस्ट

'ट्युबलाइट'को तीन गीत २० करोडमा बिक्री

गीत र संगीतको प्रभावले फिल्मको सफलतामा केही हदको असर गर्नाले फिल्म निर्माण गर्नेहरुले गीतलाई पनि महत्वका साथ राख्न थालेका छन्। फिल्म सार्वजनिक हुनुअघि गीतलाई प्रचारको माध्यम पनि बनाउन थालिएको छ। त्यसैको नतिजा हुनसक्छ फिल्मका गीतहरुको पनि महङ्गो रकममा आधिकारिक बिक्री सुरु भएको। 

हालै सोनी म्युजिकले बलिउड स्टार सलमान खानको फिल्म 'ट्युबलाइट'को म्युजिक राइट्स किनेको खबर सार्वजनिक भएको छ। फिल्मको गीतहरुका लागि सोनीले फिल्म युनिटलाई अत्याधिक महङ्गो रकम तिरेको बलिउड हंगामाले जनाएको छ। स्रोतका अनुसार इन्डो चाइनिज प्रोजेक्टको गीतका लागि २० करोड रकम फिल्म युनिटले बुझेको हो। 

बलिउडमा र इन्डियन म्युजिक इन्डस्ट्रीमा स्टार अभिनेता भएको फिल्मको म्युजिक राइट्स महङ्गोमा किनिनु नयाँ खबर होइन तर ट्युबलाइटमा समावेश तीनवटा मात्र गीतका लागि महङ्गोमा राइट्स किन्नुले धेरैलाई अचम्मित तुल्याएको छ। 

इन्डो चाइनिज वार ड्रामालाई कबिर खानको निर्देशन रहेको छ। फिल्मलाई सलमान स्वयंमले निर्माण गरेका हुन्। फिल्ममा सलमान खान, सोहेल खानसँगै चाइनिज अभिनेत्री झुझुको मुख्य अभिनय रहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell