PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

आरआरमा स्ववियु चुनाव : कडा सुरक्षा निगरानीका बीच ६ बुथमा ८४५ मत खस्यो



सविन ढकाल

आरआरमा स्ववियु चुनाव : कडा सुरक्षा निगरानीका बीच ६ बुथमा ८४५ मत खस्यो

काठमाडौं : पटकपटक रोकिँदै आएको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आज जारी छ।

मतदान हुनुअघि असन्तुष्ट विद्यार्थीको समूहले बिहानैदेखि नाराबाजी सहित प्रदर्शन गरेका थिए। प्रहरीले भिडलाई नियन्त्रण गरेकै बीच पेट्रोल बम प्रहार भएको थियो। त्यति खेर बुथमा मतदान जारी थियो।

प्रदर्शनकारीलाई प्रहरीले लखेटेपछि क्याम्पस परिसरको अवसथा अहिले सामान्य छ। प्रहरीको कडा सुरक्षा निगरानीका साथ क्याम्पसभित्रका ६ वटा बुथमा मतदान कार्य चलिरहेको छ।

बुथ १ मा १०२, बुथ २ मा ९७, बुथ ३ मा ११३, बुथ ४ मा १३७, बुथ ५ मा १५८ र बुथ ६ मा २३८ गरी यो समाचार तयार पार्दासम्म जम्मा ८४५ मत खसेको छ। क्याम्पसमा स्ववियु चुनावका लागि ३ हजार २८१ मतदाता छन्। साँझ ५ बजेसम्म मतदान चल्ने निर्वाचन समितिले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको चुनावको मिति फागुन १८ गते मनोनयन विवादका कारण आरआरमा चुनाव स्थगित भएको थियो। कांग्रेस निकट नेपाल विद्यार्थी संघले मनोनयन नगरेका कारण चुनाव रोकिएको थियो।

तर, एमाले निकट अखिल, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले मनोनयन दर्ता गरिसकेका कारण फागुन २३ गतेका लागि निर्वाचन सारिएको थियो। उक्त मितिमा स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत हुने भन्दै जिल्ला प्रशासन कार्यालयको पत्रचार अनुसार प्रहरीले चुनाव गर्न रोक लगाएको थियो।

आरआरको स्ववियु सभापतिका लागि अनेरास्ववियुका तपेन्द्रबहादुर शाही, नेविसंघका उत्तमबहादुर साउद, अखिल क्रान्तिकारीका ध्रुवराज वाग्ले र नयाँ शक्ति पार्टीसहितको संयुक्त प्यानलबाट अरविन्द भट्टराईको नेतृत्वमा उम्मेदवारी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell