PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

बलिउड पपस्टारको गीतमा स्वस्तिमा र कर्माको फिचरिङ



पहिलोपोस्ट

बलिउड पपस्टारको गीतमा स्वस्तिमा र कर्माको फिचरिङ

काठमाडौं: दुई नेपाली युवा कलाकार हिन्दी गायिकाको नयाँ गीतको भिडियोमा देखिने भएका छन्। नायिका स्वस्तिमा खड्का र कर्माले बलिउड पप स्टार नीति मोहनको म्युजिक भिडियोमा फिचरिङ गरेका हुन्।

वसन्त चौधरीको शब्द रहेको 'एक पल जिन्दगी' बोलको गीत टाइम्स म्युजिकमार्फत अफिसियल रिलिज हुने बताइएको छ।

म्युजिक भिडियोमा देखिने बारे स्वस्तिमा खड्काले इन्सटाग्राममा पोस्ट सार्वजनिक गरेकी थिइन्। उनले एक साताअघि इन्स्टाग्राममा भिडियोको पोस्टर राखेकी हुन्।

इश्क वाला लभ, जिया रे, सादी गलि आजा, कश्मिर मे तु कन्या कुमारी, तुने मारी इन्ट्री, कलर ट्युन जस्ता चर्चित गीत गाएकी नीतिको नयाँ म्युजिक भिडियोको पोस्टप्रोडक्शनको काम भइरहेको छ।

गीतको भिडियोको छायाँकन काठमाडौं हात्तिसारमा भएको हो। भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। पहिलोपोस्टसँग भने,'गीतको भिडियोको सम्पुर्ण तयारी केही समय अगाडी भईसकेपनि गीत सार्वजनिक हुन समय लाग्यो।'

गीत रोमान्टिक जानराको भएको खड्काले जानकारी दिए।







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell