PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

यज्ञशकै नेतृत्वमा चलचित्र समिक्षक समाजको कार्य समिती



पहिलोपोस्ट

यज्ञशकै नेतृत्वमा चलचित्र समिक्षक समाजको कार्य समिती

काठमाडौं: चलचित्र समिक्षक समाजको अध्यक्षमा यज्ञश पुन: चयन भएका छन्। सोमबार सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमिति चयन गरेको हो।

उपाध्यक्षमा दीपेन्द्र लामा र शीला खत्री, महासचिव सामिप्य तिमल्सिना, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ (समावेशीतर्फ), सावित्री ढकाल कोषाध्यक्षमा चुनिएका छन्।

सदस्यहरुमा सेवा भट्टराई, सुकृत नेपाल, समुन्द्रराज घिमिरे, प्रभाकर गौतम, बन्दना भट्टराई र सजना बराल रहेका छन्।

अधिवेशनले समाजको सल्लाहकार, केन्द्रिय र प्रदेश पार्षद समेत निर्वाचित गरेको छ। सल्लाहकारमा रमण घिमिरे, डा. प्रदीप भट्टराई, नवीन सुब्बा, रविन नेपाली, अनुप सुवेदी, राजेन्द्र सलभ र दीपक मानन्धर छन्।

केन्द्रिय पार्षदमा रमण घिमिरे, नारायण अमृत, स्मृति ढुंगाना, विनय देवकोटा, क्रन्दन चापागाइँ र इश्वर रौनियार चयन भए। प्रदेश पार्षदमा अच्युत कोइराला, जनक तिमल्सिना, घिमिरे युवराज, कमल कुमार, भीम खरेल र लेनिन बञ्जाडे छन्।

अधिवेशनपछि सम्पन्न कार्यसमिति बैठकले क्रिटिक्स अवार्डलाई निरन्तरता दिने, मन्डे मूभिज पुनः आयोजना गर्ने र प्रत्येक महिना कुनै विषयमाथि छलफल कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ। समाज नेपाली सिनेमा समिक्षकहरुको छाता संस्था हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell