PahiloPost

Mar 25, 2026 | ११ चैत्र २०८२

आरआरमा अनेरास्ववियुको प्यानल नै विजयी, अध्यक्षमा तपेन्द्र बहादुर शाही



पहिलोपोस्ट

आरआरमा अनेरास्ववियुको प्यानल नै विजयी, अध्यक्षमा तपेन्द्र बहादुर शाही

काठमाडौं : प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।

मंगबार भएको निर्वाचनमा कुल १२ सय ७८ मत खसेको थियो। अनेरास्ववियुका अध्यक्षका उम्मेद्वार तपेन्द्र बहादुर शाहीले ६९९ मत ल्याई विजयी भएका छन्। 

यस्तै, सचिवमा नारायण शर्माले ६९६, कोषाध्यक्षमा संगम प्रसाख देवकोटाले ७१० मत ल्याई विजयी भएका छन्। सात सदस्यमा दिनेश बजगाईँ, सुजिता धिमाल, जनक शाही, श्याम बहादुर बि.क., उर्वशी सिंह नेपाली, दीपक खतिवडा, मदन भण्डारी, सुजिता ढकाल र उज्जवल न्यौपाने विजयी भएका छन्।

मंगलबार सम्पन्न निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एमाले निकट अनेरास्ववियुको मुख्य प्रतिस्पर्धा भएको थियो। माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले निर्वाचन बहिस्कार गरेको थियो। प्रतिस्पर्धामा साना ९ दलका विद्यार्थी संगठनको प्यानल पनि थियो।

तस्विर : किरण देउजा
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell