PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

शहीद गौतमको स्मृतिमा सालिक निर्माण हुने



पहिलोपोस्ट

शहीद गौतमको स्मृतिमा सालिक निर्माण हुने

कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका शहीद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ। 

राप्रपा पुनर्वास नगर कमिटीको पहलमा शहीद गौतमको सम्मान गर्दै सालिक बनाउने निर्णय भएको हो। 

राप्रपाले पुनर्वास नगरपालिकाले उपलब्ध गराएको स्थानमा सालिक निर्माण गर्ने छ। राप्रपाका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले सहिद गौतमको सम्मानका साथ सालिक निर्माण गरिने बताए। 
‘राष्ट्रियतालाई पार्टीले मुख्य आदर्शका रुपमा लिएकाले सहादत प्राप्त गर्ने गौतमको स्मृतिमा पार्टीले आफ्नै लगानीमा सालिक निर्माण गर्ने निर्णय गरेको छ’, उनले भने। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell