PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि थप ५० रोपनी जग्गा अधिग्रहण हुँदै

पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि थप ५० रोपनी जग्गा अधिग्रहण हुँदै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागि थप पचास रोपनी जग्गा अधिग्रहण हुने भएको छ। 

जिल्ला प्रशासन कार्यालय कास्कीले थप जग्गा अधिग्रहणका लागि सूचना जारी गरेको हो। निर्माणाधीन विमानस्थलको अहिलेको सीमाभन्दा बाहिरपट्टि दक्षिण उत्तरतर्फ १० मिटरसम्मको दुरीमा पर्ने ५० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो। 

विमानस्थल वरपर १० मिटरको सडक निर्माण गर्ने नेपाल नागरिक उड्ययन प्राधिकरणको योजना अनुरुप जग्गा अधिग्रहण हुन लागेको हो। 
यसअघि पहिलो चरणमा ३१ सय ६ रोपनी, दोश्रो चरणमा ५ सय २१ रोपनी र तेश्रो चरणमा १ सय ७ रोपनी जग्गा सरकारले विमानस्थल प्रयोजनका लागि अधिग्रहण गरिसकेको छ। 

पोखरा विमानस्थलाई क्षेत्रीय स्तरको अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य चलिरहेको छ। 

सन् २०२० सम्म सक्ने लक्ष्य सहित निर्माण भइरहेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमास्थल निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको थियो। सिएमएससीले विमानस्थल निर्माणको ठेक्का २१ अर्ब ६० करोडमा हात पारेको हो। 


ट्रेन्डिङ पोस्ट

Ncell