PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

गर्लफ्रेन्डको कुकुरको टाउको चपाउने युवकलाई सात वर्षको जेल सजाय



पहिलोपोस्ट

गर्लफ्रेन्डको कुकुरको टाउको चपाउने युवकलाई सात वर्षको जेल सजाय

अमेरिकको प्युर्टेरिको राज्यमा एक व्यक्तिलाई आफ्नी गर्लफ्रेन्डको कुकुरको टाउको चपाएको आरोपमा जेल सजाय सुनाइको छ

लुइस अर्रोयो नामक ती व्यक्तिलाई जनावरसँग दुर्व्यवहार गरेको र घरेलु हिंसाको दोषी पाइएकोले सात वर्षको जेल सजाय सुनाइएको हो।

लेर्स सहरमा बस्ने ४० वर्षीय अर्रोयोले ४ फेब्रुअरीमा दुई महिनाको कुकुरमाथि यस्तो व्यवहार गरेका थिए। उनले आफ्नी गर्लफ्रेन्डलाई पनि पिटेका थिए। 

जज कार्लोस लोपेज जिमेनेजले अर्रोयमाथि ३००० डलर अथवा करिब तीन लाख रूपैयाँ जरिवाना तिर्नु पर्ने बताएका छन्।

अल वोसरो अखबारका अनुसार अर्रोयो बेरोजगार थिए र उनी बितेको छ महिनादेखि आफ्नी ३८ वर्षीय गर्लफ्रेन्डसँग बस्दै आएका थिए।

बिबिसीका अनुसार कुकुरको घटनास्थलमै मृत्यु भएको छ। घटना पछाडिको कारण भने पत्ता लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell