PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

'हेल्लो हल अफ फेम'मा वरुण धवन पपुलर चोइस, के भइन् आलिया भट्ट?



पहिलोपोस्ट

'हेल्लो हल अफ फेम'मा वरुण धवन पपुलर चोइस, के भइन् आलिया भट्ट?

मार्च २८ मा यो वर्षका लागि 'हेल्लो हल अफ फेम अवार्ड २०१७' सम्पन्न भएको छ। बलिउड, भारतिय फेशन र व्यवसायका स्टारहरु बीच अवार्ड सम्पन्न भयो।

सोफी चौधरीले उद्घोष गरेको कार्यक्रममा अमिताभ बच्चन, वरुण धवन, अनुष्का शर्मा, आलिया भट्ट, करण जौहर, कट्रिना कैफ, ऋतिक रोशन लगायतको उपस्थिती रहेको थियो। समारोहमा पूर्व अभिनेत्री एवं लेखक ट्विङ्कल खन्नाले मन्तव्य व्यक्त समेत गरेकी थिइन्।

हेल्लो हल फेम अवार्ड हेल्लो म्यागजिनले वार्षिक रुपमा आयोजना गर्ने कार्यक्रम हो। म्यागेजिनको वार्षिक उत्सवको अवसरमा हुने समारोहमा फिल्म, व्यवसाय र फेशनमा सक्रिय रुपमा काम गरेकालाई विभिन्न विधाका अवार्ड प्रदान गरिन्छ।

कुन कुन अवार्ड हात पारे त बलिउडका कलाकारहरुले?

वर्ष इन्टरट्रेनर- अनुष्का शर्मा


 

क्रियटिभ म्याभरिक- ऋतिक रोशन

बेस्ट पर्सनालिटी- अमिताभ बच्चन

भिजनरी विमन- ट्विङकल खन्ना

आउट स्टान्डिङ ट्यालेन्ट- आलिया भट्ट 

ग्लामर आइकन- कट्रिना कैफ

पपुलर चोइस अवार्ड- वरुण धवन

स्टाइलिस्ट कपल- शाहिद कपूर र मिरा राजपुत

अवार्ड समारोहमा अन्य उपाधि बिजेता इन्डियन फेशन र व्यवसाय क्षेत्रका रहेका थिए।

फोटो स्रोत : टाइम्स अफ इन्डिया
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell