PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान



पहिलोपोस्ट

हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान

भद्रपुर : हात्तीपाइले रोगविरुद्ध औषधि सेवन कार्यक्रमको झापाका प्रजिअ उत्तरकुमार खत्रीले औषधि सेवन गरी आज यहाँ उद्घाटन गरेका छन्।

यही चैत १७, १८ र १९ गते खुवाइने सो औषधिसँगै जुकाका औषधि पनि खुवाइने छ।

सो कार्यक्रम यस वर्ष छैटौँ वर्षमा प्रवेश गरेसँगै झापामा सात लाख ३३ हजार जनालाई खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। दुई वर्षमुनिका बालबालिका, गर्भवती र सुत्केरी तथा ७० वर्ष उमेर पुगेका एवम् छारे एवं गम्भीर दीर्घ रोगीले सेवन गर्न नहुने सो औषधि दुईदेखि पाँच वर्षकाले एक, छदेखि १४ वर्षकाले दुई र सोभन्दा माथिकाले तीन चक्की सेवन गर्नुपर्ने बताइएको छ।

यहाँ हाल खुट्टा सुनिएका दुई सय ७३, हात र स्तन सुनिएका एक सय एक र अण्ठकोष वृद्धि भएका छ सय ६३ जना हात्तीपाइले रोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यक्रम शुभारम्भका क्रममा प्रजिअ खत्रीले हात्तीपाइले जस्ता रोगबाट बच्नका लागि निःशुल्क रुपमा वितरण गरिने यस्ता औषधि सबैले खानुपर्ने सल्लाह दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell