PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

प्रकाशचन्द्र लोहनी नेतृत्वमा एकीकृत राप्रपा निर्वाचन आयोगमा दर्ता प्रक्रियामा



पहिलोपोस्ट

प्रकाशचन्द्र लोहनी नेतृत्वमा एकीकृत राप्रपा निर्वाचन आयोगमा दर्ता प्रक्रियामा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाहिरिएका बरिष्ठ नेता प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) निर्वाचन आयोगमा दर्ता भएको छ। 

लोहनीको अध्यक्षतामा गठन भएको पार्टीको बरिष्ठ नेतामा केशरबहादुर बिष्ट छन्। लोहनीकी छोरी जयन्ती लोहनी खनाल समेत पार्टी केन्द्रीय सदस्य छिन्। 


राप्रापाको एकीकरणपछि चुनाव चिह्नका विषयमा लोहनीले फरक मत राख्दै आएका थिए। लोहानी नेतृत्वको एकीकृत राप्रपा मंगलबार औपचारिक रुपमा घोषणा गरिएको थियो।    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell