
काठमाडौं: फिल्म 'पलाँस'लाई १६ वर्ष मुनिकाले हेर्न नपाउने भएका छन्। रेखा थापा अभिनित फिल्मलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको हो। जसका कारण फिल्म १६ वर्ष उमेर माथीकाले मात्र हेर्न मिल्ने भएको छ।
फिल्मका केहि संवादका कारण फिल्मले पिजी सर्टिफिकेट समेत नपाएको हो। पहिलोपोस्टसँग कुरा गर्दै फिल्म निर्माता कृषा चौंलागाईंले भनिन्,'दुईवटा डायलगका कारण फिल्मले एडल्ट सर्टिफिकेट पाएको सेन्सर बोर्डले बतायो।'
उनका अनुसार फिल्मका कुनै पनि डायलग र दृश्य काटिएको छैन। फिल्ममा रेखा थापा कल गर्लको रुपमा देखिएकी छिन्।
'मुख्य पात्रले बोल्ने संवादहरु काटेर पात्र मार्नु थिएन त्यसैले डायलग कुनै नकाटी सेन्सर बोर्डले जुन सर्टिफिकेट दियो त्यसैमा चित्त बुझायौं।'
पारिवारिक वातावरणमा हेर्न मिल्ने फिल्म बनेको उनको दाबी छ। भनिन्,'अब फिल्म हेर्ने दर्शकको प्रतिकृयाले बताउँछ फिल्मले कुन सर्टिफिकेट पाउन पर्ने थियो।'
सुवास कोइरालाले निर्देशन गरेको फिल्ममा रेखा थापा, आयुव केसी र कामेश्वर चौरसियाको मुख्य भूमिका छ। फिल्म चैत १८ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। फिल्मले काठमाडौं भित्र र बाहिरका सबै मल्टिप्लेक्समा शो पाएको छ।
अर्जुन पोखरेलले संगीत रहेको फिल्मलाई सुसन प्रजापतीले खिचेका हुन्।