PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

झापामा आत्महत्या न्यूनीकरण अभियान



पहिलोपोस्ट

भद्रपुर : आत्महत्याजस्तो घृणित कार्यबाट जोगिन मानिसले सन्तुलन भोजन तथा नियमित रुपमा योग एवम् आध्यात्मिक चिन्तन गर्नुपर्नेमा जोड दिइएको छ।

मेची अञ्चल प्रहरी कार्यालय भद्रपुर, झापाद्वारा आज आयोजित आत्महत्या न्यूनीकरण अभियानमा आत्महत्याबाट जोगिन मानिसले सञ्चार, सम्पर्क र हेरचाह जस्ता क्रियाकलापमा लाग्नुपर्ने सुझाव पनि दिइएको छ।

मानिसको अमूल्य जीवनलाई जोगाउन र आत्महत्या जस्ता जघन्य अपराधलाई न्यूनीकरण गर्न उद्देश्य रहेको सो कार्यक्रममा सहभागीलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागका प्रमुख डा निदेश सापकोटा र टिपी नेपाल दमकका परियोजना व्यवस्थापक ड शालिकराम भट्टराईले प्रशिक्षण दिने जनाइएको छ।

प्रजिअ उत्तरकुमार खत्रीले उद्घाटन गरेको सो कार्यक्रममा मेची अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले गत तीन आवमा यस क्षेत्रमा भएको आत्महत्याको विवरण प्रस्तुत गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell