काठमाडौंँ : स्वास्थ्य मन्त्री गगन थापाले अबको एक दशकपछि नेपालको राजनीति अहिलेको पुस्ताको हातबाट उम्किने बताएका छन्।
दीगो विकास लक्ष्यबारे छलफल गर्न नेपाल युवा संस्था सञ्जाल (आयोन)ले ललितपुरस्थित स्टाफ कलेजमा आयोजना गरेको कार्यक्रममा थापाले आफ्नो सक्रिय राजनीति गर्ने उमेर छोटो रहेको उल्लेख गरे।
‘हामी ढुंगा हानेर आएको पुस्ताले एक दशकपछिको राजनीति हा“क्न सक्दैन,’ उनले भने, ‘नया“ पुस्ताले पक्कै पनि नेतृत्व लिन्छ ।’
थापाले आफू पनि अबको १३ वर्षमात्रै सक्रिय राजनीति गर्ने बताए । ‘१३ वर्षसम्म मेरो ल्याकतले भ्याएसम्म देश र जनताका लागि गर्छु,’ उनले भने, ‘त्यसपछि मैले बिश्राम लिने हो।’
थापा अहिले ४२ बर्षका छन्। उनले ५५ बर्षसम्म राजनीति गर्ने हिसाब गरेका छन्।
दीगो विकास लक्ष्यबारे छलफल गर्न नेपाल युवा संस्था सञ्जाल (आयोन)ले ललितपुरस्थित स्टाफ कलेजमा राष्ट्रिय युवा सम्मेलन २०१७ आयोजना गरेको हो । सम्मेलनमा देशभरका ५ सयभन्दा बढी युवा सहभागी थिए ।
सम्मेलनमा दीगो विकास लक्ष्यमा युवाको भूमिका, बदलि“दो राजनीतिक परिवेश, संघीय संरचनामा युवाको अवसर र भूमिका, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, वातावरण न्याय र दीगोपन, महिला नेतृत्व र राजनीतिक संलग्नता, नागरिकतालगायतका विषयमा छलफल भएको छ ।
सम्मेलनलाई राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्ले, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी, राष्ट्रिय युवा परिषदका सदस्य भावना भट्ट, यूएनडीपीका राष्ट्रिय निर्देशक रेनड मेयेरलगायतले सम्बोधन गरे । सम्मेलनमा एमाले नेता प्रदीप ज्ञवाली र कांग्रेस नेता विश्वप्रकाश शर्मा छलफल सत्रमा सहभागी भएका थिए ।