PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

के अली अस्गर फर्केलान् कपिल शर्मा शोमा?



पहिलोपोस्ट

के अली अस्गर फर्केलान् कपिल शर्मा शोमा?

कमेडियन कपिल शर्माको सोनी टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम 'द कपिल शर्मा शो' को आज सुटिङ हुदैँछ। 

सुनिल ग्रोभर र कपिल शर्माबीच भएको झगडापछि ग्रोभर शो मा देखिएका छैनन्। तर शो मा नदेखिएका अर्का कलाकार अलि अस्गर भने शो मा फर्कने सम्भावना बढेको छ। अस्गरले कपिलको शो मा आमाको भूमीका निभाउँदै आएका थिए। अष्ट्रेलियाको मेलबर्न जाने क्रममा कपिल र सुनिलबीच फ्लाइटमा विवाद भएको थियो। । 

विवाद बढेपछि सोनीले गत साता राजु श्रीवास्तव, इसान कुरेसी र सुनील पल राखेर कपिल शर्मा शो सुटिङ गरेको थियो। कपिलले ट्विटरबाट माफि माग्दा समेत सुनिल ग्रोभर शो मा फर्कन मानेका छैनन्। 

युट्युबमा कपिल शर्मा शो माथि डिसलाइक बढेको छ। सोसल मिडियामा सुनिल बिना शो पहिला जस्तो नभएको गुनासो छ। जसका कारण कपिल दबाबमा छन्। 

त्यसो त सुनिलले आफ्नो अरु कुनै च्यानलसँग कुराकानी नभएको बताएका छन्। उनले आफू स्टेजमा मात्र फोकस रहेको उल्लेख गरेका छन्। स्रोत : इण्डियन एक्सप्रेस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell