PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

अफगान सुरक्षाबलको कारबाहीमा ४७ आतङ्ककारीको मृत्यु



पहिलोपोस्ट

फराह (अफगानिस्तान) : अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा अफगान सुरक्षाबलले तालिवान आतङ्ककारीको आखाडालाई लक्ष्यगरी गरेको कारबाहीका क्रममा कम्तीमा ४७ जना सशरुत्र आतङ्ककारी मारिनुको साथै अन्य ५१ जना घाइते भएका छन्।

फराह प्रान्तका वरिष्ठ सैनिक अधिकारी रज मोहमद आर्याखिलले उक्त समाचारको पुष्टि गरेका छन्। फराह प्रान्तको बाला ब्लक जिल्लामा अवस्थित तालिवान आतङ्ककारी आखाडालक्षित यस कारबाहीका ४७ तालिवान विद्रोहीको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएको ओर्याखिलले बताएका छन्।

सुरुमा दिइएको समाचार अनुसार यस कारबाहीमा परी ३० आतङ्ककारी मारिनुको साथै अन्य ४१ जना घाइते भएका थिए। पछि यो सङ्ख्या बढेर ४७ पुगेको बताइएको छ।

सुरक्षा कारबाही जारी रहेको बताइएको छ। फराह प्रान्तमा सक्रिय रहेका तालिवान आतङ्ककारी समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन्। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell