PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

भारतीय स्थल सेनाध्यक्ष रावतलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान



पहिलोपोस्ट

भारतीय स्थल सेनाध्यक्ष रावतलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी छिन्।

आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सो पदवी प्रदान गरेकी हुन्। भारतीय सेनाध्यक्षलाई नेपालको र नेपालको सेनाध्यक्षलाई भारतको मानार्थ सेनाध्यक्ष दिने प्रचलन छ। 

समारोहमा रक्षा मन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपालका लागि भारतका राजदूत, भूतपूर्व प्रधानसेनापतिहरु, नेपाली सेनाका रथीहरु, उपरथीहरु, भारतीय सेनाका पदाधिकारीलगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो।

भारतीय सेनाको २७ औँ सेनाध्यक्षका रुपमा रावतको सन् २०१६ डिसेम्बर ३१ मा नियुक्त भएका थिए। उनले यसअघि भारतीय सेनाका गोर्खा रेजिमेन्ट् प्रमुखका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell